ब्राले जोगायो महिलाको ज्यान
17-August-2015

 

(एजेन्सी) महिला लगाएको भित्री वस्त्रका कारण एक महिला महिलाको ज्यान जोगिएको छ । यो घटना जर्मनीमा भएको हो ।

४२ वर्षकी एक जर्मन महिला विदा मनाउन मेक्लेनवर्गमा थिइन् । उनी आफ्ना पतिसँगै बाइक सवारीमा थिइन् । त्यति नै बेला स्तनमा दुखेजस्तो अनुभव उनलाई भयो ।

‘मलाई दुखेजस्तो भयो । मेरो ब्रा डल्लो परेको थियो ।’– उनले प्रहरीसँग भनेकी छिन् ।

उनी विदामा जंगलको बाटो हिड्दैँ गर्दा शिकारीले हानेको भरुवा बन्दूकले उनलाई लागेको रहेछ । महिलाका श्रीमान्ले शिकारीको पहिचान पनि गरेकी थिए । उनले ब्राका कारण महिला थप चोटबाट जोगिएको बताए । महिलाको ज्यान बचेपछि शिकारी पनि हत्या आरोपबाट मुक्त भएका छन् । पश्चिम जर्मनीकी ति महिलाले थप कानूनी उपचारका लागि आफ्नो ब्रा प्रहरीलाई बुझाएकी छिन् ।

प्रहरी प्रवक्ता आन्द्रेस फाल्के भन्छन्, ‘ लापरवाहीका कारण लागेको चोटको सजाय निकै कम हुनेछ । छानविनपछि यसको निर्णय आउनेछ ।’ महिला घाइते भएपछि एक कार ड्राइभरले आफ्नो कारमा हालेर महिला र उनका श्रीमान्लाई अस्पताल लगेका थिए । सन् २००८ मा शिकारीकै कारण एक व्यक्तिको ज्यान गएको थियो ।

६.५ एमएम बुलेटलाई बदेँलको शिकार गर्नेहरुले प्रयोग गर्दै आएका छन् । यस्तो बुलेटले निकै टाढासम्म शिकार गर्नसक्छ । ‘महिलाको ब्राले उनको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्यो ।’–प्रहरी प्रवक्ता आन्द्रेस थप्छन् ।

Write a Comment

Events
Random Picks