भेनेजुयलाका राष्ट्रपति माथि ड्रोन आक्रमण
5-August-2018


जक्सन डटकम
पोखरा, साउन २० 

भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोमाथि ड्रोन आक्रमण भएको छ।
शनिबार साँझ सेनाले आयोजना गरेको एक कार्यक्रममा बोलिरहेका मादुरोको नजिकै गएर दुई ड्रोन बिस्फोट भएका थिए।
‘म बोलिरहँदा एउटा उडिरहेको चिज मेरो नजिकै पड्कियो। केही सेकेन्डमा अर्को पनि बिस्फोट भयो,’ घटनापछि मादुरोले भने। घटनामा परी सात सैनिक घाइते भएका छन्। बिस्फोटपछि सुरक्षाकर्मीले मादुरालाई बुलेटप्रुफ रक्षाकवजले घेरेर बाहिर ल्याएका थिए।
राष्ट्रपति मादुरोले आफ्नो हत्या प्रयास भएको बताएका छन्। उनले  आक्रमणका पछि कोलम्बियाको हात रहेको आरोप लगाएका छन्। कोलम्बियाले भने मादुरोको आरोप आधारहीन भएको बताएको छ।
सोत:  सेतोपाटी

Write a Comment

Events
Random Picks