गायक अरिजित सिंहलाई अंडरवर्ल्डको धम्की
19-August-2015


जक्सन डटकम । चर्चित गायक अर्जित सिंहलाइ अन्डरवल्र्डको धम्की आएको छ। सिंह लाइ एक कार्यक्रम जसरी पनि गर्नुपर्ने भन्दै धम्की आएको हो । धम्कीपछि सिंहले मुम्बाईको ओशिवारा प्रहरी स्टेसनमा उजुरी दर्ता गराएका छन् ।

भारतीय मिडियाका अनुसार सिंहलाई रवि पुजारीको ग्याङ्गले फोनमा धम्काउनुको साथै फिरौती माग गरेको छ । उनीहरुले सिंहलाई निःशुल्क कार्यक्रम गर्न वा पाँच करोड रुपैयाँ दिन धम्की दिएका छन् ।

अरिजित सिंह अमेरिककामा एउटा कार्यक्रममा जान लागेका थिए । तर, कार्यक्रमका आयोजकहरुले अन्तिम समयमा मात्र आएर कार्यक्रमको कन्फर्मेसन दिएपछि अरिजितले त्यहाँ नजाने निर्णय गरे । तर, उनले कार्यक्रममा नजाने भनेपछि उनलाई अंडरवर्ल्डबाट धम्की आएको हो । 

पुजारीले यसपघि पनि शाहरुख खानको मुम्बाईस्थित घरबाहिर फायरिङ गरेको थियो ।