फिलिपिन्समा पहिरोबाट ९५ जनाको मृत्यु
24-September-2018

 

जक्सन डटकम
मनिला,असोज ८  

फिलिसिन्समा गत हप्ता दुई स्थानमा भीषण रुपमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९५ जना पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

उत्तरी फिलिपिन्सको बेन्गुएट प्रान्तको इटओगोन शहरका ४९ व्यक्तिको शव निकालिएको र  मध्य फिलिसिन्सको सेबु प्रान्तको नगा शहरमा ४६ जनाको शव निकालिएको अधिकारीहरुले बताएका छन् ।

फिलिपिन्सको लुजोन द्वीपबाट गत सेप्टेम्बर १५ मा शुरु भएको म्याङ्कुट नामक भीषण आँधीपछि यहाँ पहिरोले सताएको  छ ।  यस पहिरोमा अझै पनि ५९ जना बेपत्ता रहेका छन् ।

नगा शहरमा मात्र  ४० जना बेपत्ता रहेका र  उनीहरुको खोजी कार्य जारी रहेको बताइएको छ । त्यसैगरी करिब ३० ओटा घर डुबानमा परेका छन् ।

फिलिपिन्समा  म्याङ्गकुट आँधी र गत हप्ता आएको भीषण पहिरोमा परी करिब २ सय व्यक्तिको मृत्यु भएको छ । यस वर्षको नै भीषण आँधीको रुपमा आएको म्याङ्कुटबाट करिब १६ लाख कृषक र माझीहरु प्रभावित भएका छन् । 

फिलिपिन्समा यस वर्ष आएको यो १५आँै आँधी हो । म्याङ्कुट भने सबैभन्दा शक्तिशाली आँधीका रुपमा रहेको छ । यस वर्षको अन्त्यसम्म अझै पनि चार या पाँच वटा आँधी आउने फिलिपिन्सको मौसम विज्ञान विभागले जानकारी दिएको छ । फिलिपिन्सका हरेक वर्ष करिब २० पटक आँधी आउने गरेको छ । 

मध्य फिलिपिन्समा सन् २०१३ मा आएको सुपर टाइफून ‘हाइयान’ का कारण छ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१३ मा राजधानी मनिलामा आएको ‘केत्साना’ नामक आँधीका परी सात सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । (रासस-सिन्ह्वा)

Write a Comment

Events
Random Picks