रक्सीले लठ्ठ परेर मात्ने प्रहरीको भिडियो बन्यो भाइरल (हेर्नुहोस् भिडियो)
29-August-2015

नयाँदिल्ली । सामाजिक सञ्जाल युट्युव र फेसबुकमा यति बेला एउटा जहँडिया प्रहरीको भिडियो भाइरल बनिरहेको छ । दिल्लीको मेट्रो ट्रेनमा मातेर पुगेका प्रहरीको स्मार्टफोनले खिचेको भिडियो भाइरल बनेको हो ।

करिब ३६ सेकेण्ड लामो भिडियो क्लिप फेसबुकमा शुरुमा अपलोड गरिएको थियो । भिडियोमा रक्सीले लठ्ठ बनेका ती प्रहरी सम्हालिन खोज्दा खोज्दै लड्न पुग्छन् । ति प्रहरी को हुन् भन्ने कुरा भारतीय मिडियाहरुमा उल्लेख छैन ।

मेट्रो ट्रेनमा मातेका यात्रुहरु चढ्न नदिए पनि ती प्रहरी कसरी त्यहाँ चढ्न पुगे भन्ने कुरा पनि अझै रहस्य रहेको छ ।

 

Write a Comment

Events
Random Picks