कास्मिरमा भाजपा नेताको हत्या
2-November-2018

 

जक्सन डटकम
श्रीनगर, कास्मिर,कात्तिक १६

अपरिचित बन्दुकधारीले बिहीबार राति सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का स्थानीय नेता अनिल परिहर र उहाँका भाइको हत्या गरेको प्रहरीले जनाएको छ ।

आक्रमणकारीहरुले किस्तवार भन्ने ठाउँमा रहेको परिहर निवासमा गोली प्रहार गरेका थिए । घटनास्थल कास्मिरको राजधानी श्रीनगरदेखि २१७ किलोमिटर दक्षिणतर्फ पर्दछ । 

“गएराति बन्दुकधारीहरुले घरतर्फ जाँदै गर्दा भाजपाका प्रदेश सचिव अनिल परिहर र उहाँका भाइ अजित परिहरको हत्या गरेका छन्,” एक जना वरिष्ट प्रहरी अधिकारीले बताउनुभयो । 

आक्रमण हुनेबित्तिकै उहाँहरुलाई नजिकैको अस्पतालमा लगिए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । 

प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ । भारतको प्रधानमन्त्री कार्यालयका कनिष्ट मन्त्री जितेन्द्र सिंहले घटनाप्रति दुःख व्यक्त गर्नु भएको समाचारमा जनाइएको छ । (रासस/सिन्ह्वा)  

Write a Comment

Events
Random Picks