जिम्बाबे सडक दुर्घटनामा ४२ जनाको मृत्यु
16-November-2018

 

जक्सन डटकम
हरारे, कात्तिक ३०  

जिम्बाबेमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ ।  जिम्बाबेका प्रहरी अधिकारीहरुले बसभित्र राखिएको ग्यास सिलिन्डर विस्फोट भएका कारण बसमा यात्रा गरिरहेका व्यक्तिहरुको मृत्यु भएको बताएका छन् । 

प्रहरी प्रवक्ता चरिती चराम्बाले विस्फोटका कारण क्षतिग्रस्त भएको बसबाट ४२ जनाको शब निकालिएको जानकारी दिनुभयो । 

उक्त घटनाका सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ । बसमा यात्रारत कतिपय घाइतेको उद्धार गरी नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ । (रासस-एएफपी)

Write a Comment

Events
Random Picks