पर्बत मञ्च हङकङद्धारा सम्मान तथा बैठक सम्पन्न
25-December-2018


जक्सन डटकम
पोखरा, पुस १०

पर्बत मञ्च हङकङको आयोजनामा पर्वतबाट रोजगारी र अन्य कामको शिलशिलामा बिभिन्न देशमा रहेका पर्वतेलीहरुको सम्मान तथा भेटघाट कार्यक्रम हङकङमा सम्पन्न भएको छ ।

हङकङमै भएको कार्यक्रममा विभिन्न देशमा बसोबास गर्दै आएका पर्बतबासीहरुको भेटघाट हुनुका साथै सम्मान गरिएको पर्बत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ मिलनले जानकारी दिनुभयो । बैठकमा पर्बत मञ्च हङकङमा आबद्ध सम्पूर्ण ईकाई सदस्य संस्थाहरुका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

हङ्गग्रि आई रेष्टुरेण्टमा भएको उक्त कार्यक्रममा एन.आर.एन.ए., एन.सी.सी. यू.के. का उपाध्यक्ष कुल आचार्य, एन.आर.एन.ए. एन.सी.सी. जापानका सदस्य महेश श्रेष्ठ, एन.आर.एन.ए. एन.सी.सी. जापानका आई.सी.सी. सदस्य ओम गुरुङ, एन.आर.एन.ए.एन.सी.सी. बेल्जीयमका व्यपार तथा लगानी समितिका सदस्य पारस गौतम लगायतको सहभागिता थियो ।

पर्बत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ मिलनको अध्यक्षता तथा एन.आर.एन.ए का केन्द्रिय सदस्य भारती सेनाका पूर्व कर्णेल मिन गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले पर्वतबाट बिभिन्न देशमा रहेका नेपालीहरुलाई पर्वतको विकासमा सघाउन अनुरोध गर्नुभयो ।

यस्तै, यू.के. एन.आर.एन.ए का उपाध्यक्ष कुल आचार्यले पर्वतबाट बिभिन्न देशमा गएका नागरिकहरुको चहाना सफल पर्वत बनानउनु रहेकोले पर्वतको विकासको लागि सबै देशमा रहेका नेपालीहरुले हातेमालो गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । यसैगरी, जापानबाट जानुभएका ओम गुरुङले समृद्ध नेपाल जस्तै समृद्ध पर्वतको सपना साकार गर्नको लागि बिभिन्न देशमा रहेका नेपाली तथा पर्वतेलीहरुलाई साझा संकल्प गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा बोल्दै पर्बत मञ्च हङकङका अध्यक्ष तथा सम्मान कार्यक्रमका अध्यक्ष दुर्गा गुरुङ मिलनले आँपूm जन्मिएको पर्वत जिल्ला समृद्ध भएको देख्न पाएमा मात्र गैर आवासिय रुपमा बिभिन्न देशमा रहेका नेपालीहरुमा पनि खुसीको आभाष हुने बताउनुभयो । यसका लागि बिभिन्न देशमा गठन गरिएको पर्वत समाज लगायत संघ संस्थाहरुले एक भएर बिभिन्न योजनाहरु बनाउनेदेखि सहयोग गर्न तयार हुनुपर्ने बताउनुभयो ।

पर्वतको विकासका लागि आँपूmले व्यक्तिगत रुपमा र पर्बत मञ्च हङकङको तर्फबाट आवश्यक सबै सहयोग रहने उहाँको भनाई छ । पर्बत मञ्च हङकङका भूतपूर्व अध्यक्ष बिशन गुरुङले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा आई. सी. सी., एन. आर.एन. ए. का बरिष्ठ उपाध्यक्ष कुमार पन्त तथा महासचिब डा. बद्री केसीको पनि सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको संचालन पर्बत मञ्च हङकङमा उपाध्यक्ष तथा कार्यक्रम संयोजक भीम गुरुङले गर्नुभएको थियो । कार्यक्रममा हङकङकै प्रतिष्ठित र सफल ब्यवसायीहरुको पनि बिशेष सहभागिता रहेको थियो ।
पर्वत मञ्च हङकङभित्र बिभिन्न हङकङमा रहेका १० ओटा पर्वतेली संघ संस्थाहरु मिलेर बनेको साझा संस्था हो । यो संस्था सन २००८ मा स्थापना भएको थियो । संस्थाले पर्वतको विकासको बिभिन्न सहयोगहरु पनि गर्दै आईरहेको छ ।

Write a Comment