अन्तरिक्षमा मानवसहितको यान पठाउँदै भारत
29-December-2018

जक्सन डटकम

पाेखरा, पुष १४

भारतले सन् २०२२ सम्ममा ३ जना यात्रीसहितको अन्तरिक्ष यान पठाउने भएको छ। केन्द्र सरकारको मन्त्रिपरिषद्ले त्यसका लागि १० हजार करोड भारतीय रुपैयाँको बजेट स्वीकृत गरेको छ।

उक्त अन्तरिक्ष अभियानको नाम ‘गगनयान’ दिइएको छ। मिसनमा पठाइने ३ वैज्ञानिकले सात दिनसम्म अन्तरिक्षमा बिताउनेछन्। ‘गगनयान’ परियोजना सफल भएमा भारत अन्तरिक्षमा मानिस पठाउने चौथो मुलुक बन्‍नेछ। यसअघि रुस, अमेरिका र चीनले मानवसहितको मिसन अन्तरिक्षमा पठाइसकेका छन्।

विज्ञान मामिलाका जानकार पल्लव बागलाको भनाइमा भारतीय अन्तरिक्ष एजेन्सी इसरोका लागि यो धेरै ठूलो उपलब्धी हुनेछ। आफूले इसरोका अध्यक्षसँग यसबारे कुराकानी गरेको बताउँदै बागलाले भने, “पछिल्लो एक दशकको इसरोको प्रयास सफलता उन्मुख देखिएको छ।”

अन्तरिक्षमा जानका लागि भारतीय वायुसेनाका पाइलटहरूलाई प्राथमिकता दिइने इसरोको भनाइ छ। सोही प्रकारको तालिम प्राप्त भएकाले वायुसेनाका पाइलटहरू यसका लागि उपयुक्त हुने इसरोले जनाएको छ।

उक्त अन्तरिक्ष मिसनको घोषणा प्रधानमन्त्री नरेन्द्र मोदीले १५ अगष्ट २०१७ मा गरेका थिए। इसरोका अध्यक्ष डा. के सिवानका अनुसार सोही मिसनलाई सफल बनाउन गत नोभेम्बरमा जीएसएलबी मार्क घडी-२ नाम दिइएको रकेट प्रक्षेपण गरिएको हो।

बीबीसी हिन्दीबाट

 

Write a Comment

Events
Random Picks