अष्ट्रेलियामा शक्तिशाली बाढी, दुई जनाको मृत्यु
5-February-2019


एजेन्सी - अविरल वर्षाका कारण अष्ट्रेलियामा भीषण बाढी आएको छ । बाढीबाट जनजीवनमा ठूलो क्षति पुगेको छ ।

यस्तैमा मङ्गलबार बाढीका कारण दुई जनाको ज्यान गएको जनाइएको छ । अष्ट्रेलियाको टाउन्सभिल क्षेत्रबाट उद्धारकर्मीहरुले ६५० जना स्थानीयको उद्धार गरेका छन् । सो क्षेत्रका करिब ११ हजार घरपरिवारलाई सहायता जरुरी भएको बताइएको छ ।

टाउन्सभिल क्षेत्रका बासिन्दाहरु बाढीपछि बिजुली, खानेपानी लगायत अन्य आधारभूत आवश्यकताबाट पनि वन्चित भएको स्ट्रेट टाइम्सले जनाएको छ ।

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले यो शताब्दीकै शक्तिशाली बाढीका कारण देशमा ठूलो क्षति पुगेको बताएका छन् । उनले उद्धार र सहायताको काममा खट्न देशका सुरक्षाकर्मी तथा उद्धारकर्मीहरुलाई आग्रह गरेका छन् ।
 

 

Write a Comment

Events
Random Picks