न्युजिल्यान्डको दक्षिण टापुमा आगलागी, हजारौ मानिस विस्थापित
11-February-2019


जक्सन डटकम
न्युजिल्यान्ड, माघ २८

न्युजिल्यान्डको दक्षिण टापुस्थित जंगलमा भएको अगालागीपछि हजारौ मानिस विस्थापित भएका छन् ।

एक साताअघि नेल्सन शहर नजिकैको जंगल क्षेत्रमा आगलागी शुरु भएको थियो । त्यस क्षेत्रमा तीव्र गतिमा हावा चल्दा आगलागी नियन्त्रण गर्न कठिनाइ उत्पन्न भएको छ । जसले भयावहको अवस्था सिर्र्जना गरेको अधिकारीहरुले जनाएका छन् ।

जंगल क्षेत्र नजिकै रहेको एउटा नगरमा आगो सल्किन सक्ने जोखिम बढेको छ । न्युजिल्यान्डको आपतकालिन सेवा विभागले आगलागीपछि तीन हजार मानिस विस्थापित भएको जनाएको छ ।

न्युजिल्यान्डमा ६५ वर्षपछि जंगल क्षेत्रमा यति ठूलो आगलागी भएको बताइएको छ । आगालागी फैलिदै गए ६५ हजार मानिसलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आउनसक्ने सरकारी अधिकारीहरुले बताएका छन् । सरकारले आगलागी नियन्त्रणका लागि २३ हेलिकप्टर र २ वटा विमानसहित अग्निनियन्त्रकहरु परिचालन गरेको छ ।

 

Write a Comment