‘ट्रम्पले पर्खाल बनाउन संकटकाल लगाउने’
15-February-2019

ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डेनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गर्न लागेको जनाएको छ । 

खर्चबन्दीको अवस्था दोहोरिन नदिने तर मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल बनाउनका लागि राष्ट्रपति ट्रम्पले त्यसो गर्न लागेको लागेको ह्वाइट हाउसले बताएको हो । 

बीबीसीका अनुसार ह्वाइट हाउसले नयाँ खर्च विधेयकमा हस्ताक्षर गर्ने तर अमेरिकी संसद्लाई छलेर सेनालाई छुट्याएको बजेट पर्खाल योजनामा लगाउने योजना बनाएको बताइन्छ । 

“राष्ट्रपतिले आफ्नो वाचा पूरा गर्दै पर्खाल बनाउने, सीमा सुरक्षित राख्ने र देशको सुरक्षा गर्नेतर्फ काम गर्न लाग्नु भएको छ”, ह्वाइट हाउसकी प्रवक्ता स्यारा स्यान्डर्सले एक वक्तव्यमार्फत भनेकी छन् । 

एक दशमलव तीन अर्ब डलर बराबरको खर्च विधेयकलाई सिनेटले समेत पारित गरिसकेको छ । अहिले त्या विधेय तल्लो सदन प्रतिनिधिसभामा पुगेको छ, जहाँ विपक्षीको बहुमत छ । 

ट्रम्पले चाहेजस्तै मेक्सिकोको सीमामा पर्खाल बनाउन पाँच अर्ब डलरभन्दा बढी रकम पारित गर्न विपक्षीहरुले अस्वीकार गर्दै आएका छन् । 

ट्रम्पले राष्ट्रपतिको चुनावमा मेक्सिको सीमामा पर्खाल लगाउने घोषणा गरेका थिए । 

सिनेटमा रहेका डेमोक्र्याटिक नेता चक शुमरले ट्रम्पले ‘कानुनहीनता’को स्थिति निम्त्याउन खोजेको आरोप लगाएका छन् । उनले ट्रम्पले ‘राष्ट्रपति पदको चरम दुरुपयोग’ गर्न खोजिरहेको टिप्पणी गरेका छन् । 

बीबीसीका अनुसार, ट्रम्पले सङ्कटकाल घोषण गरिहालेपनि त्यसलाई अदालतमा चुनौती दिइने र त्यो प्रभावकारी नहुने संकेत देखिइसकेका छन् ।

  –बीबीसी/एजेन्सी

Write a Comment

Events
Random Picks