मालीमा ३ जना राष्ट्रसङ्घीय शान्ति सैनिक मारिए
24-February-2019


बामाको, फागुन १२

मालीमा तैनाथ गरिएका तीन जना राष्ट्रसङ्घीय शान्ति सैनिक मारिएका छन् । उनीहरुलाइ त्यहाँका लुटेरा समूहले आक्रमण गरी मारेका हुन् ।

स्थानीय अधिकारीहरुले दिएको जानकारी अनुसार छुट्टी मनाउन राजधानी बामाकोबाट छिमेकी मुलुक गिनीतर्फ जाँदै गरेका तीन जना सैनिकको हत्या भएको हो । उनीहरुलाई घातक आक्रणगरी हत्या गरिएको मालीको सुरक्षा स्रोतले जानाएको छ ।

मारिएका तीनै जना सैनिक गिनीका रहेको खुल्न आएको छ । हाल मालीमा राष्ट्रसङ्घीय मिसनका लागि गिनीका लगभग ९०० जना सैनिक कार्यरत छन् ।

मिनुस्माले जारी गरेको एक वक्तव्यमा राजधानी बामाकोबाट करिब ४४ किलोमिटर दक्षिणपश्चिमको शिबी भन्ने स्थानमा शुक्रबार बिहान अपरिचित सशस्त्र समूहले लुटपाट गर्ने उद्देश्यले आक्रमण गरेको जनाइएको छ । आक्रमणमा अर्का एक सैनिक घाइते भएका छन् ।

राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेर्रेसले एक वक्तव्य जारी गरी आक्रमणको निन्दा एवं भत्र्सना गर्नुभएको छ । राष्ट्रसङ्घीय सुरक्षा परिषदले समेत आक्रमणको तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न आग्रह गरेको छ ।

 

Write a Comment

Events
Random Picks