अनुहारमा ग्रिनेड लागेर पनि रिर्पोटिङ गर्दै महिला पत्रकार ( भिडियोसहित )
6-October-2015

रिर्पोटिङका क्रममा सख्तरुपमा घाइते बनेपनि एक महिला पत्रकारले आफ्नो कर्तव्य पूरा गर्न नचुकेपछि उनको प्रशंसा गरिएको छ । मिडिया रिर्पोट अनुसार पूर्वी जेरुसेलममा रिर्पोटिङ गर्ने क्रममा ती पत्रकारको अनुहारमा स्टन ग्रिनेड लागेको थियो जसबाट उनको अनुहारमा गहिरो चोट लागेको थियो ।

हाना महामद नाम गरेकी ती पत्रकार रमल्लाहको बाहिर भागमा रहेको बेइट इल क्षेत्रमा भइरहेको भिडन्तको रिर्पोटिङ गरिरहेकी थिइन् । त्यसपछि इजरायली सुरक्षाकर्मीले प्यालेस्टाइनका पत्रकारहरुमाथि स्टन ग्रिनेड र अश्रुग्याँस फायर गर्न थाले । त्यसमध्ये एक स्टन ग्रिनेडले हानालाई लाग्न पुग्यो ।

अल मयादिन नाम गरेको त्यहाँको स्थानीय टेलिभिजनमा उनी अनुहारमा पट्टी बाँधेर रिर्पोटिङ गर्दै गरेको एक भिडियोमा देखिएकी छिन् ।

Events
Random Picks