पश्चिम बंगालमा ४.८ म्याग्नीच्यूडको भूकम्प
26-May-2019


जक्सन डटकम
बान्कुडा, जेठ १२ 

भारतको पश्चिम बंगाल राज्यको बान्कुडा जिल्लालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ४.८ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार बिहान करिब १०.३९ बजे गएको उक्त भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

शनिबार पनि अन्दमान निकोबार क्षेत्रमा ५ र ४.८ म्याग्नीच्यूडका भूकम्पहरु गएका थिए । -रासस/एएनआई

Write a Comment

Events
Random Picks