कंगोको खानी दुर्घटनामा १९ बालबालिका मारिए
28-June-2019

जक्सन डटकम
किन्सासा, असार १३ 

कंगोको दक्षिणी क्षेत्रमा सञ्चालित तामा तथा कोबाल्ट खानीमा भएको दुर्घटनामा कम्तीमा १९ जना बालमजदुरको मृत्यु भएको छ । 

प्रहरीका अनुसार उक्त खानी स्वीट्जरल्यान्डको खानी उद्योग ग्लेनकोरले सञ्चालन गरिरहेको छ । ग्लेनकोरको सहायक कम्पनी कामोतो कपर कम्पनी ९केसीसी० ले ती मजदुरलाई काममा लगाएको थियो । 

ग्लेनकोरले दुईवटा अग्ला पर्खाल ढलका कारण अरु मजदुर पनि चेपुवामा परेको हुनसक्ने बताएको छ । 

केही सञ्चार माध्यमले मृत्यु हुनेको संख्या अरु बढी रहेको आशंका गरेका छन् । ग्लेनकोरले पछिल्ला दिनहरुमा गैरकानुनी तरिकाबाट बालबालिका खानी मजदुरमा काम गर्न थालेको जनाएको छ ।

यहाँको खानीमा दैनिक २ हजारभन्दा बढी व्यक्ति जबर्जस्ती आएर काम गर्ने गरेको कम्पनीले दाबी गरेको छ ।

अल जजिरा टेलिभिजनका अनुसार सन् २०१६ मा यही खानीमा करिब २५० मिटर अग्लो पर्खाल भत्किएर सात जना कामदारको ज्यान गएको थियो । 

अफ्रिकाका धेरै मुलुकमा अवैज्ञानिक तरिकाबाट खानी उत्खनन गर्नेक्रममा बर्सेनि धेरैको ज्यान जाने गरेको छ । -रासस/एएनआई

Write a Comment

Events