अफगान भूकम्पमा मर्नेको संख्या १०५ पुग्यो
26-October-2015

एजेन्सी, कार्तिक ९ । पाकिस्तान–अफगानीस्तानको सीमा क्षेत्रमा सोमबार गएको भूकम्पका कारण मर्नेको संख्या अहिलेसम्म १०५ पुगेको छ । समाचार संस्था एपीले पाकिस्तानमा मात्रै ६२ जनाको मृत्यु भएको जनाएको छ भने अफगानिस्तानको एक छात्र स्कुलमा मात्रै १२ जनाको मृत्यु भएको जनाएको छ ।

उत्तर पूर्वी अफगानीस्तानमा गएको भूकम्पको धक्का छिमेकी पाकिस्तानसहित, भारत र नेपालमा समेत अनुभव गरिएको थियो । काबुलबाट २५४ किमी उत्तरपूर्वी हिन्दु कुश क्षेत्रमा भूकम्प गएको थियो । अमेरिकी भूगर्भ अनुसन्धानले सुरुमा भूकम्प ७।७ रेक्टर स्केलको भने पनि पछि सच्याउँदै ७।५ भएको जनाएको छ ।

पाकिस्तानमा सन् २००५ अक्टोबर ८ का दिन गएको ७।६ रेक्टर स्केलको भूकम्पमा परी ७५ हजारको ज्यान गएको थियो ।

Write a Comment

Events
Random Picks