स्वीडेनको विदेशमन्त्रीमा आन लिन्ड नियुक्त
11-September-2019


जक्सन डटकम
स्टकहोम, २५ भदौ

स्वीडेनको विदेशमन्त्रीमा आन लिन्ड नियुक्त हुनुभएको छ । स्वीडेनको संसदको पहिलो सत्रमा उक्त घोषणा गरिएको हो । यसअघि विदेशमन्त्रीमा मार्गोट वाल्स्ट्रोम हुनुहुन्थ्यो ।

अनुभवी राजनीतिज्ञ आन लिन्ड स्वीडेनको विदेश व्यापार मन्त्री तथा नर्डिक मामिलासम्बन्धी मन्त्री हुनुहुन्थ्यो । 

नवनियुक्त आन लिन्डले विदेशमन्त्रीको जिम्मेवारी पाएकामा खुशी व्यक्त गर्नुभयो । गत शुक्रबार वाल्स्ट्रोमले आफूले पदबाट राजिनामा दिन चाहेको बताउनुभएको थियो । उहाँ पाँच वर्षसम्म स्वीडेनको विदेशमन्त्री हुनुहुन्थ्यो ।  -रासस/सिन्ह्वा

Write a Comment

Events
Random Picks