सडक दुर्घटनामा एकै परिवारका पाँच व्यक्तिको मृत्यु
17-November-2019


जक्सन डटकम
भारत, १ मङ्सिर

भारतको मध्यप्रदेश राज्यको बर्वानी जिल्लामा आइतबार भएको एक सडक दुर्घटनामा परी एकै परिवारका पाँच व्यक्तिको मृत्यु भएको छ । एक कार अर्को सवारी साधनसँग ठोक्किँदा भएको यस दुर्घटनामा अन्य एक व्यक्ति घाइते भएको जनाइएको छ ।

एक बिवाह समारोहमा सहभागी हुनको लागि गईरहेको सो कार दुर्घटना हुदाँ एकै परिवारका पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । 

यस समाचारको विस्तृत विवरण प्राप्त भएको छैन् । -रासस/एएनआइ

Write a Comment

Events