जापानमा आज ५.५ म्याग्नीच्युडको भूकम्प
29-November-2019


जक्सन डटकम
टोकियो, १३ मसिंर

जापानको उत्तरपूर्वी इलाकामा रहेको तटीय क्षेत्रमा शुक्रबार ५.५ म्याग्नीच्युडको भूकम्प गएको छ । 

यद्यपी यस भूकम्पपछि सुनामी चेतावनीको कुनै सूचना जारी गरिएको छैन । तटीय इलाका सनरिकुमा स्थानीय समयानुसार शुक्रबार अपराह्न १:१ मिनेटमा सो भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । 

यस भूकम्पका कारण कुनै धनजनको क्षतिको विवरण भने प्राप्त भएको छैन ।  -रासस/सिन्ह्वा

Write a Comment

Events