टर्कीले खसाल्यो रुसी विमान
24-November-2015

एजेन्सी – टर्किस सेनाले सिरियाली सीमानजिकै एउटा रुसी युद्धक विमान खसालेको छ । जमिनबाट गरिएको प्रहारका कारण स–२४ विमान सिरियाली भूमिमा दुर्घटनाग्रस्त भएको रुसी रक्षा मन्त्रालयले बताएको छ । तथापि, विमानका पाइलट भने बाँच्न सफल भए ।

यता, टर्किस अधिकारीले आफ्नो हवाई सीमामा प्रवेश नगर्न पाइलटलाई बारम्बार चेतावनी दिए पनि नमानेपछि टर्किस एफ–१६ एसले विमान खसालेको दाबी गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Write a Comment

Events
Random Picks