रुसले टर्कीमाथि आर्थिक प्रतिबन्ध लगाउने
26-November-2015

मस्को, मंसिर ११ / रुसले टर्कीमाथि आर्थिक प्रतिबन्ध लगाउने तयारी गरेको छ । टर्कीले गत मंगलबार रुसी लडाकु विमान खसालेपछि दुई देशबीच तनाव उत्पन्न भएको हो ।

रुसी प्रधानमन्त्री दिमित्री मेदवेदेवले टर्कीमाथि व्यापार, परिवहन र पर्यटन क्षेत्रमा प्रतिबन्ध लगाउने बताएका छन् ।

एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री दिमित्रीले टर्कीसँग संयुक्त लगानीका परियोजनासमेत बन्द गर्ने चेतावनी दिएका छन् । उनले टर्कीको आर्थिक सहायता सिमित गर्ने र खाद्यान्नसहितका सामान आयातमा रोक लगाइने बताए ।

व्यापारको क्षेत्रमा रुस टर्कीको दोस्रो ठूलो सहयोगी हो भने रुसी पर्यटकका लागि सबैभन्दा लोकप्रिय देश टर्की हो ।

Events
Random Picks