स्कर्टको तस्विर खिच्न ५ वर्षदेखि नालीको बास
15-December-2015

(एजेन्सी) महिलाको स्कर्टको तस्विर खिच्न जापानमा एक व्यक्ति पाँच वर्षदेखि सडकको तलबाट बग्ने नालीमा लुकेर बस्ने गरेको खुलासा भएको छ । प्रहरी र सञ्चारमाध्यमले अहिले उनी नालीभित्रबाट बाटोमा हिँड्ने महिलाको स्कर्टको तस्विर लिन त्यसरी बसेको जनाएका हुन् ।

प्रहरीका अनुसार २८ वर्षका यासुओमी हिराइ नालीको ढलमा लुक्ने गरेका थिए । तर उनको कपाल बढ्दै गएपछि एकदिन उनी जालीमा फसे । त्यसपछि अन्य व्यक्तिको ध्यान उनीतर्फ गयो र उनी पक्राउ परे ।
अगस्टमा नै यासुओमीका विषयमा खुलासा भएपनि उनलाई प्रहरीले सोमबार मात्रै गिफ्तार ग¥यो । प्रहरीले उनलाई पक्राउ गरेपछि अरु सूचना सार्वजनिक गरेको छैन्, तर यति मात्रै भनेको छ कि ५ वर्षदेखी उनी यस्तो काममा सक्रिय थिए, तर भर्खरै पक्राउ परे ।

यासुओमीले प्रहरीलाई दिएको बयान भन्दै सञ्चारमाध्यमले भनेका छन्, ‘अर्को जन्ममा पनि फुटपाथकै हिस्सा बन्न चाहन्छु ।’

Write a Comment

Events
Random Picks