बालकले प्लास्टिक ब्यागलाई मेस्सीको जर्सी बनाएर लगाएपछि
20-January-2016

माघ ६ काठमाडौं : पाँच पटक फिफा विश्व वर्ष खेलाडी बनिसकेका अर्जेन्टाइन स्ट्राईकर लियोनेल मेस्सीका विश्वभर करोडौं फ्यान छन् । भलाद्मी खेलाडीका रुपमा चिनिने मेस्सीका फ्यान बालबालिकादेखि वृद्धवृद्धासम्म रहेका छन् । 

इराकाका एक बालकले मेस्सीले अर्जेन्टिनाबाट लगाउने १० नम्बरको जर्सी लगाएकै कारण उनी विश्वभर चर्चित भइरहेका छन् । सानैबाट मेस्सीका 'डाई हार्ट फ्यान' उनले मेस्सीको नाम र नम्बरयुक्त जर्सी किन्न नसकेपछि प्लास्टिक झोलालाई नै रंग्याए । 

पोलिथिन झोलामा अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमको जर्सीको रंग दलेर त्यसमा मेस्सीले लाउने १० नम्बर लेखि उनले पहिरिएको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
 
यी बालक इराकको ढोउक क्षेत्रका बालकको हो । आफ्ना रियल हिरोको जर्सी किन्न नसक्ने अवस्थामा उनले प्लास्टिकलाई नै रंगाएर जर्सी बनाइ लगाएको फोटोले मेस्सीको पनि ध्यान तानेको छ । 
 
यी बालकको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई अर्जेन्टिनाको तर्फबाट मेस्सीले लाउने जर्सी उपलब्ध गराउन बालकको खोजी शुरु भएको छ । 
 
स्पेनिस ब्लग जुएजले बालकको यो तस्बिर मानिसको ध्यान तान्न शक्तिशाली रहेको जनाउँदै ती बालकलाई मेस्सीको जर्सी दिन बार्सिलोना फुटबल क्लबका कर्मचारी पनि खोजी अभियानमा लागेका छन् । 
 
ट्वीटरमा मेस्सीका (मेस्सीटेनस्टाट्स) मा करिब सात लाख फलोअर रहेका छन् । मेस्सीका फलोअरहरुले उनलाई मेन्सन गर्दै प्लास्टिकको जर्सी लगाउने ती बालकको लागि केही सहयोगको व्यवस्था गर्न आग्रह गरिरहेका छन् । 
 
अहिलेसम्म ती इराकी बालकका लागि मेस्सीका तर्फबाट कुनै सहयोगको कदम चालिएको छैन । तर यसअघि पनि अन्य बालकहरुलाई सहयोग गरेका ले मेस्सीले ती बालकलाई पनि सहयोग गर्ने अपेक्षा गरिएको छ । 
 
मेस्सीको तर्फबाट ती बालकबारे आफूलाई ट्वीटरबाट थाहा भएको जनाउँदै केही सहयोग गर्नका लागि ती बालकको ठेगाना र अवस्थाबारे पत्ता लगाउन पनि अपिल गरिएको छ । 

We got DM from Leo's team. They want to know who this kid is so that Leo can arrange something for him. RT & spread https://t.co/MylJyDOpsu

Write a Comment

Events
Random Picks