भूकम्प पिडितलाई उठाएको पैसाले जर्मनीमा रेस्टुरेन्ट
23-January-2016

नेपालमा भूकम्पले धेरैलाई मार पारेपनि केहिलाई मालामाल भएको छ । कतिका घरबास उडेपनि केहि नेपालीको लागि कमाउने मौका बनेको छ । सडकमा भोकै, नांगै र रुँदै हिँडेपनि तिनका नाममा केहि नेपाली धनाढ्य बनेका छन्, हाँस्दै हिँडेका छन् । धेरै नेपालीको बिजोग भएपनि केहि नेपालेले तिनैका नाममा बिदेशी रकम उठाएर ब्यापार गरेका छन् । भूकम्प पिडितका दर्दनाक तस्विर, भत्केका बिजोग घर, सडकमा भौंतारिएका नेपालीको फोटो देखाउँदै तिनलाई सहयोग गर्न भनेर उठाएको रकमले जर्मनीमा एक नेपालीले रेस्टुरेन्ट खोलेका छन् । जर्मनीको म्युनिख शहर निवासी हरी न्यौपानेले भूकम्प पिडितका नाममा लाखौं उठाएर त्यो रकमले नयाँ रेस्टुरेन्ट खोलेको चर्चाले अहिले जर्मनी तातेको छ । तर उनी भने बेखबर जस्तै छन् । यहि रकमले हिमालयन परिवारले दिनहाउ भन्ने रेस्टुरेन्ट खोलेको आरोप नेपालीले लगाएका छन् ।

सोचे भन्दा बढि रकम उठ्यो जर्मनीमा । एन आर एनका अभियानकर्ता, बिध्यार्थी र बिभिन्न पेशा र ब्यवशायका मनकारीहरु सडकमा उत्रिए । नेपालमा भूकम्पले बिजोग पारेका तस्विर र सडकमा बेसहारा बनेर भौंतारिएका नेपालीका तस्विर देखाउँदै । त्यो बिजोग देखेर जर्मनीका वालवालिकाले चकलेट किन्न गोजिमा बोकेको पैसोपनि सहयोग माग्दै राखेको टोकरीमा खसालिदिए । करोडौ रकम संकलन भयो । जर्मनीको म्युनिख नजिकै बायार्नमा हरि न्यौपानेको निर्देशनमा रकम संकलन भयो । सबैले विश्वास गरेर उनलाई रकम उठाउने जिम्मेवारी दिए । न्यौपानेले बायार्न म्युनिखको स्थानीय संस्था हिमालयन परिवार मार्फत न्यौपानेले दह्रो रकम उठाए । त्यहाँका सबै संघ संस्था समेटेर राहत संकलन गरिएको थियो । यो हिमालयन परिवार भन्ने हरि न्यौपानेकै संस्था हो ।

नेपालका भूकम्प पिडितलाई सहयोग गर्न भनेर जनहि सय युरो अनिवार्य सहयोग गर्नुपर्ने भन्ने तोकिएको थियो । पिडितकालागि त् हो नी भनेर सबैले दिल फराकिलो पार्दै दिए । यो अभियान एक महिना भन्दा बढि चल्यो । दिनभर संकलित रकम न्यौपानेलाई नै वुझाउने गरिन्थ्यो । क्विक एन पी न्युजका अनुसार सवैको पहलवाट एक लाख तीस हजार युरो जम्मा भयो । सवै रकम एनआरएन जर्मनीमार्फत केन्द्रलाई वुझाउने सहमति अनुसार नै रकम संकलन भएको थियो । तर पछि हिमालयन परिवारका अध्यक्ष हरि न्यौपालेले आफ्नै संस्थाले घर बनाउने निर्णय गरे ।

 

दिएको जस्तो, सहयोग गरे जस्तो देखाउन यहि रकम मध्येवाट गुगल व्वाईलाई उपचारका लागि २५ हजार दिइयो । वाँकी रकम कहाँ गयो अहिलेसम्म उनले सार्वजनिक गरेका छैनन् । त्यो रकम एनआरएनए केन्द्रलाईपनि बुझाइएको छैन । नेपालमा घर बनाउने भनेका न्यौपानेले घर बनाएकापनि छैनन् । दुतावास मार्फत नेपाल सरकारको खातामापनि पुगेको छैन । यस बारेमा नेपाली दुतावास र एन आर एन केन्द्रलेपनि दाह्रोसित चासो राखेको छैन । रकम संकलन भएको निकै लामो समय भैसक्यो । तर न्यौपाने गुपचुप बसेका छन् । एक लाख तीस हजार युरोको उनले कुनै हिसावकिताव दिएखाएकै छैनन् ।

जर्मनीका म्युनिखवासी कोहि चिढिएका छन् भने धेरै त्यो रकम के भो भन्ने अन्यौलमा परेका छन् ।  त्यो रकम कहाँ के भयो तत्काल सार्वजनिक नगरे जर्मनीको स्थानिय प्रशासनमा उजुरी हालेर उनलाई कारवही गराउने तरखरमा केहि नेपाली पुगेका छन् । केहिले सामाजिक सन्जालमा प्रश्न उठाएका छन् भने केहि अनलाईन न्युजहरुले समाचारपनि बनाएका छन् । तरपनि न्यौपाने गुपचुपनै छन् । भूकम्प पिडितकालागि रकम उठाए लगत्तै हिमालयन परिवारले दिनहाउ रेष्टुरेन्ट खोलेकोले यहि रकम दुरुपयोग गरेको आरोप नेपालीहरुको छ । झण्डै दुख लाख युरोमा खोलिएको यो रेष्टुरेन्ट नै त्यहि रकमले खरिद भएको नेपालीहरु बताउँछन् ।

समाचार हटाईयो, प्रश्न उठाउनेलाई धम्की

सामाजिक सन्जालमा यो रकम बारे प्रश्न उठाउन थालेपछि प्रतिक्रिया दिनेहरुलाई धम्काउनसमेत थालिएको छ । प्रतिक्रिया दिनेहरुलाई ब्यक्तिगत रुपमै सम्पर्क गरेर त्यो हटाउन भनिएको छ । नहटाउनेलिऐ प्रलोभन दिने वा थर्काउने गर्न थालेको छ । भूकम्प पिडितको रकम दूरुपयोग भएको समाचार लेखेका साईटबाट अहिले त्यो समाचारपनि झिकिएको छ ।

- See more at: http://www.nepalplus.com

Events
Random Picks