आतंकवादीकी पत्नीलाई २ करोड जरिवाना
25-January-2016

काठमाण्डु, १२ माघ– सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण गर्न मतियार बनेको ठहर गरी काठमाण्डु बस्ने सरिता गिरीलाई २ करोड २६ लाख रुपैयाँ जरिवाना हुने ठहर गरकेो छ । गिरीका पति निरन्जन होजाई भ न्ने भारतीय नागरिकलाई भने सर्वोच्च अदालतले ८ करोड रुपैयाँ जरिवाना गरी ४ वर्ष कैद गरेको छ ।

उनी निर्मल राई नामले नेपाली नागरिकता लिई नेपालमा बस्दै आएका थिए । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्इायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजालसले विशेष अदालतले गरेको फैसला सदर गरी ती दुईलाइृ उक्त सजाय गरेको हो । भारतीय नागरिक होजाईलाई नेपाल प्रहरीले पक्राउ गरी भारत पठाएको थियो । भारतीय उग्रवादी संगठन ब्ल्याक विडो ग्रुप असामका सैन्य कमान्डरका रुपमा कार्यरत रहेको बेला नेपाल प्रहरीले उनलाई पक्राउ गरी भारतीय प्रहरीको जिम्मा लगाएको थियो । नेपाल समाचारपत्रबाट

Write a Comment