बहुविव्हा नगर्ने पुरुषलाई जेल सजाय हुने।
28-January-2016

 माघ १४ – अफ्रिकी मुलुक एरिट्रिया सरकारले आफ्नो देशका पुरुषले अनिवार्य रुपमा कम्तिमा दुई महिलासँग विवाह गर्नुपर्ने नियम ल्याएको खबर सार्वजनिक गरेको छ ।

एरिट्रिया सरकारले यसरी बहुविवाह नगर्ने पुरुषलाई जेल सजाय गर्ने व्यवस्था सहितको नियम ल्याएको नाइजेरियाको अनलाइन समाचार संस्था व्हिसलरले जनाएको छ ।

इथियोपियासँगको युद्धको क्रममा देशका धेरै पुरुषको ज्यान गएको र अहिले महिला धेरै तर पुरुष कम भएकाले एक पुरुषले कम्तिमा दुई जना महिलासँग विवाह गर्नु पर्ने बाध्यकारी नियम ल्याएको खबरमा उल्लेख छ । अरबिक भाषामा लेखिएको वक्तव्यमा बहुविवाहलाई सरकारी समर्थन रहेको उल्लेख गरिएको छ ।

नाइजेरियाका अधिकारकर्मीले अरबिक भाषामा लेखिएको वक्तव्यलाई अंग्रेजीमा अनुवाद गरेका छन् । 'सरकारी वक्तव्यमा ल अफ गड इन पोलिगमी अर्थात बहुविवाहमा भगवान हुन्छन् भन्ने कानून अनुसार देशमा अहिले पुरुषको संख्या कम भएको अवस्थालाई मध्यनजर गरी धर्मसम्बन्धी विभाग बहुविवाहलाई कानूनी मान्यता दिने निणर्यमा पुगेको छ । यो नियम अनुसार हरेक पुरुषले कम्तिमा दुई महिलासँग विवाह गर्नु पर्ने छ । बहुविवाह गर्न नमान्ने व्यक्तिलाई कठिन श्रमसहितको जन्म कैदको सजाय दिइने छ ।’

यस्तै आफ्नो श्रीमानलाई बहुविवाह गर्नबाट रोक्ने महिलालाई पनि जन्म कैदको सजाय हुने खबरमा उल्लेख छ । सन् १९९८ को मेदेखि सन् २००० को जुनसम्म इथियोपियासँगको युद्धको क्रममा एरिट्रियाका एकलाख ५० लाख सुरक्षाकर्मीको ज्यान गएको थियो ।

जम्मा चालिस लाखको हाराहारीमा जनसंख्या रहेको एरिट्रियामा पुरुषको संख्या कम हुँदा महिलाको विवाहमा समस्या भएको छ । 

महिला अधिकारकर्मीले भने यसले महिलाको स्वाभिमानमाथि प्रहार गरेको भन्दै विरोध गरेका छन् । कतिपय मानिसले भने यसलाई रमाइलोका रुपमा लिएका छन् ।

खबरप्रति प्रतिक्रिया जनाउने जर्ज डोनेली नाम गरेका व्यक्तिले दुई महिलासँग विवाह गर्न नभए कडा श्रमसहितको जन्म कैद भोग्नु पर्ने व्यवस्था प्रति व्यंग्य गरेका छन् ।

उनले भनेका छन् ‘दुई महिलासँग विवाह गर्नु र कडा परिश्रमसहितको जन्मकैद उस्तै कुरा हो र ?’ एरिट्रियासँग सीमा जोडिएका देशका नागरिकले आफ्नो देशको नागरिकता त्यागेर एरिट्रिया जान चाहेको बताएका छन्

Source:http://m.ujyaaloonline.com/news/52893/Men-Shortage/

Write a Comment