अल कायदाको दस्तावेज सार्वजनिक, बिन लादेनलाई पाेर्नाेग्राफीकाे साेखिन
21-May-2015

बिहीबार ७ जेष्ठ, २०७२|

अल कायदाको दस्तावेज सार्वजनिक, बिन लादेनलाई पाेर्नाेग्राफीकाे साेखिन

वासिंटन–अमेरिकाले अन्तर्राष्ट्रिय आतंकवादी संगठनका तत्कालीन प्रमुख ओसामा बिन लोदनको गुप्तचर निकाय कब्जा गर्दै नियन्त्रणमा लिएका दस्तावेज बुधबार सार्वजनिक गरेको छ। ती दस्तावेजमा मुम्बई, पुणे तथा इस्लामाबादको मेरियट होटलमा गएको आतंकवादी हमलाको दाबी गरिएको छ।141219073600 mumbai attack 624x351 afp nocredit

 

अल कायदामा सामेल हुन चाहनेकालागि एप्लिकेशन फारम समेत अमेरिकी गुप्तचर अधिकारीले कब्जामा लिएका छन्। जसमा अल कायदामा सामेल हुन चाहनेलाई यसको रुचीदेखि खाली समय कसरी विताउने र यदि सहीद भएको अवस्थामा कसलाई सम्पर्क गर्ने र सम्पर्क व्यक्तिको फोन नम्बर ठेगाना उपलब्ध गराउन भनिएको छ। दस्तावेजका अाधारमा बिन लादेनलाई पाेर्नाेग्राफीकाे साेखिन भएकाे दाबी गरिएकाे छ। 150520211243 alqaeda forms 640x360 afp nocredit

अल कायदाका एक वरिष्ठ नेताकोतर्फबाट जारी गरिएको दस्तावेजमा मुम्बई हमलालाई 'बहादुरीको काम' भन्दै प्रशंषा गरिएको छ भने पुणेको जर्मन बेकरीमा भएको आक्रमणलाई 'अति सुन्दर बम धमाका' भन्दै प्रशंषा गरिएको छ। भारतको बारेमा उल्लेख गरिएको दस्तावेजमा अमेरिका, इजरायल र भारत मिलेर पाकिस्तानलाई समाप्त पार्ने षड्यन्त्र गरिएको र त्यसलाई पाकिस्तानी पुर्व राष्ट्रपति परवेज मुशर्रफले साथ दिएको आरोप लगाइएको छ।
150521015145 osama application form
पाकिस्तानका अर्का पुर्व राष्ट्रपति आसिफ अली जरदारीलाई अपशब्द्ध प्रयोग गरिएको बीबीसीले जनाएका छ। अमेरिकी अधिकारीका अनुसार कब्जा गरिएका सबै दस्तावेज ओसामा बिन लादेनका विरुद्ध २०११ मा एबटाबादमा भएको सैन्य कारवाहीका क्रममा बरामद गरिएको थियो। केही दिन अगाडि मात्रै खुफिया पत्रकार सिमोर हर्षले बिन लादेन विरुद्धको कारवाही अमेरिका एक्लैले नगरेर पाकिस्तानी अधिकारीसँग मिलेर गरेको दाबी गरेका थिए।उनले जुन दस्तावेजलाई अमेरिकाले कम्प्यूटर हार्ड डिस्कबाट प्राप्त गरेको नन्ने दाबी मनगढन्ते भएको दाबी गरेका थिए।

- See more at: http://nagariknews.com/world/story/38382.html#sthash.Gam0DIC9.dpuf

Related Images