एक रेष्टुरेन्टमा २७ हजार ग्राहक खानाको प्रतिक्षामा
6-February-2016

डेनमार्क– डेनमार्कको चर्चित रेष्टुरेन्ट ‘नोमा’ लाई चार पटकसम्म विश्वकै सर्वश्रेष्ठ रेस्टुरेन्ट घोषित गराउने सेफ रेने रेडजेपीले अस्टे«लियाको सिड्नीमा दश दिनका लागि पफ अप रेस्टुरेन्ट सुरु गर्ने भएका छन् । उनले त्यहाँ खानाका सौखिनहरुलाई आफ्नो अवार्ड विनिङ रेसिपी खुवाउँनेछन् । 
सिड्नीमा यस्तो घोषणा हुने बित्तिकै हजारौँ व्यक्ति यस रेस्टुरेन्टमा खाना खान आतूर देखिएका छन् । अहिले नै २७ हजारको नाम वेटिङ लिस्टमा छ ।

खानाका लागि एक व्यक्तिले तिर्छन् ३६ हजार
यस रेष्टुरेन्टमा खानका लागि एक व्यक्तिले ३६ हजार रुपैयाँ बुझाउनुपर्छ । शेफ रेने भन्छन् –‘मलाई थाहा छैन् २७ हजारको नम्बर कहिले आउँछ । यति थाहा छ कि मानिसहरुको स्नेहका कारण यस्तो सम्भव भएको हो ।’ थुप्रै प्रसंशकले सिड्नीमा खाना खुवाउन आग्रह गरेपछि उनले त्यहाँ जाने निर्णय लिएका हुन् । उनी कलात्मक तरिकाले खाना सजाउने र त्यसलाइ लोकल टेस्ट दिने मामिलामा विज्ञ छन् । उनले पकाएको खाना खानेहरु सधैँ आश्चर्यमै पर्छन् ।

Write a Comment

Events
Random Picks