टर्कीमा शक्तिशाली विस्फोटमा परी २८ जनाको मृत्यु
18-February-2016

टर्की,६ फागुन | टर्कीको राजधानी अंकारामा शक्तिशाली विस्फोटमा परी २८ जना मारिएका छन् । विस्फोटमा परि अरु ६१ जना घाइते भएका छन् ।

टर्कीको संसद भवन तथा सैनिक मुख्यालय नजिकसैनिकको गाडी गैरहेको स्थानमा विस्फोट भएकोे हो । विस्फोटमा परि अन्य ६१ जना घाइते भएका छन् ।

प्रधानमन्त्री कार्यालयले विस्फोटका बारेमा अनुसन्धान भइरहेको बताएको छ । कार्यकारी प्रधानमन्त्री बेकिर बोजडगले आक्रमणको निन्दा गर्दै आतंकवादी गतिविधि भएको बताएका छन् ।

विस्फोटमा मृत्यु हुने मध्ये धेरै सामान्य नागरिक रहेका छन् । आक्रमणकारी बिद्रोही संगठन इस्लामिक स्टेट आइएससँग सम्बद्ध रहेको अधिकारीले दावी गरेका छन् ।

Write a Comment