बिल गेट्स फेरि विश्वकै धनी व्यक्ति, विनोद चौधरीको सम्पति घट्यो
3-March-2016

फागुन २० । फोब्र्सले यस वर्षको अर्बपतिहरुको सूचि सार्वजनिक छ । नयाँ सूचीमा १,८१० जना अर्बपति रहेका छन् । उनीहरुसँग ६.४८ ट्रिलियन सम्पत्ति रहेको छ ।

यस वर्षको सूचीमा २ सय २१ जनाको सम्पत्ति घटेको छ भने १ सय ९८ जना नयाँ आएका छन् । सन् २०१५ मा अर्बपतिहरुसँग ७.०५ ट्रिलियन डलर सम्पत्ति रहेकोमा यस वर्ष सम्पत्ति घटेको छ ।

बिल गेट्स सबैभन्दा धनी

७५ विलियन डलरसहित माइक्रोसफ्टका संस्थापक बिल गेट्स विश्वकै सबैभन्दा धनी व्यक्ति रहेका छन् । गत वर्ष उनीसँग ७९.२ बिलियन डलर सम्पति रहेको थियो । उनको सम्पति घटेपनि उनी अझै शीर्ष स्थानमा रहेका छन् ।

गेट्सपछि अमान्सियो ओर्टेगाको ६७ बिलियन डलर सम्पत्तिसहित दोस्रो स्थानमा रहेका छन् । उनी फेसन चेन जाराका मालिक हुन् । तेस्रो स्थानमा ६०.८ बिलियन डलर सम्पत्तिसहित तेस्रो स्थानमा रहेका छन् ।

कार्लोस स्लिम हेलु ५० बिलियन डलरसहित चौंथो स्थान तथा एमाजोनका सिइओ जेफ बेजोस ४५.२ बिलियन डलरसम्पत्तिसहित पाँचौं स्थानमा रहेका छन् । फेबुबका सिइओ ४४.६ बिलियन डलरसहित छैटौं स्थानमा रहेका छन् ।

सय जनामा विश्वको सम्पत्ति केन्द्रीत

१८१० जना अर्बपति रहेपनि विश्वको धेरै सम्पत्ति शीर्ष ५०० जनामा केन्द्रीत रहेको छ । उनीहरुसँग विश्वको ४.१६ ट्रिलियन सम्पत्ति रहेको छ । जसमध्यै १ सय ८३ जना अमेरिका, १४९ जना युरोप, ११९ एसिया–प्रशान्त, ३२ जना बाँकी अमेरिकी र १७ जना अरब र अफ्रिकाबाट रहेका छन् ।

 

बेइजिङभन्दा न्युयोर्क अघि

अर्बपतिको सूचीमा यसअघि बेइजिङले न्युयोर्कलाई जितेको खबर आएपनि फोब्र्सको सूचिमा अझै पनि न्युयोर्क नै अघि देखिएको छ । न्युयोर्कसँग ७९ अर्बपति रहँदा बेइजिङसँग ५१ अर्बपति रहेका छन् । दोस्रो धेरै अर्बपति रहेको सहरको सूचीमा हङकङ दोस्रो, मस्को तेस्रो र बेइजिङ चौंथो रहेका छन् । पाँचौं स्थानमा लण्डन रहेको छ ।

विनोद चौधरीको सम्पति घट्यो

नेपालका एक मात्र अर्बपतिका रुपमा रहेका चौधरी ग्रुपका मालिक विनोद चौधरीको सम्पति पछिल्लो एक वर्षमा घटेको छ । चर्चित फोब्र्स पत्रिकाले सार्वजनिक गर्ने अर्बपतिहरुको सूची अनुसार चौधरीको सम्पतिमा सन् २०१५ को तुलनामा २०१६ मा कमी आएको हो ।

सन् २०१५ को मार्चमा चौधरीको १.३ बिलियन अमेरिकी डलर सम्पति रहेको थियो । सन् २०१६ को मार्चसम्म आइपुग्दा घटेर १.१ बिलियन डलर पुगेको छ । सन् २०१५ मा अर्बपछिको सूचीमा १,४१५ औं स्थानमा रहेकोमा सन् २०१६ मा उनी १५७७ औं स्थानमा खस्केका छन् ।

भारतीय मूलका नेपाली व्यापारी विनोद चौधरीको चौधरी ग्रुपदेखि नबिल बैंकसम्म लगानी रहेको छ । उनले नेपाल लगायत सर्बिया, साउदी अरेबिया, भारत र बंगलादेशमा समेत लगानी गरेका छन् ।

Events
Random Picks