१९ वर्षको उमेरमै अर्बपति !
5-March-2016

एजेन्सी – नर्वेकी १९ वर्षीया एलेक्जेन्डा एन्डरसन संसारकै कम उमेरकी अर्बपति बनेकी छन् । फोब्र्स पत्रिकाले भर्खरै कम्तीमा एक अर्ब डरल सम्पत्ति भएका व्यक्तिको नयाँ सूची जारी गरेको छ जसमा एलेक्जेन्ड्राको नामसमेत अटेको छ । उनका पिता जोहान एफ एन्डरसन सुर्ती व्यापारी हुन् ।

 फोब्र्सको सूचीमा एलेक्जेन्ड्रा आफ्नी २० वर्षीया दिदी क्याथरिनसँग १४ सय ७५ औं स्थानमा छिन् । तर, १९ वर्ष उमेर भएकाले उनी सबैभन्दा कान्छी अर्बपति बनेकी हुन् ।
फोब्र्सको अनुसार उनको कुल सम्पत्ति एक अर्ब २१ करोड डलर छ । सुर्ती व्यापारी जोहानले सन् २००७ मा फर्ड होल्डिंग्स कम्पनीको ८० प्रतिशत सेयर अ आफ्ना दुवै छोरीको नाममा गरिदिएका थिए, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Events
Random Picks