भारी वर्षाका कारण युएईमा जनजीवन अस्तव्यस्त
10-March-2016

काठमाडौं, फागुन २७ ।  संयुक्त अरब इमिरेट्स युएईमा भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेपछि विद्यालय र कलेजहरु बन्द गरिएका छन् । विमानस्थलमा पानी जमेका कारण हवाई सेवासमेत अवरुद्ध बनेको छ भने उडानहरु रद्द भएपछि सयौं यात्रु अलपत्र परेका छन् ।

अबुधाबी र दुबई जलमग्न हुँदा यातायात व्यवस्थासमेत प्रभावित बनेको छ । ठाउँ–ठाउँमा बिजुलीका पोल ढलेका कारण त्यहाँका सर्वसाधारण अध्यारोमा बस्न बाध्य छन् ।

भारी वर्षा अझ केही दिन जारी रहने त्यहाँका मौसमविद्हरुले जनाएका छन् ।

Write a Comment

Events
Random Picks