सार्क सम्मेलन तयारीको लागि केन्द्रले बजेट दिएन ।
14-March-2016

गोकुल बानियाँ, पोखरा १ चैत्र । राजधानी वाहिर पहिलो पटक पोखरामा आयोजना गरिएको सार्क विदेशमन्त्रीस्तरीय बैंठकको लागि सडक मर्मत, सजावट, स्वागतद्धार निर्माण , सरसफाई, बृक्षारोपण लगायतका काम गरियो ।

हतार हतारमा बाटो चक्ल्याउने देखि होडिङवोर्ड हटाउने, विरुवा रोप्ने, गेट बनाउने काम भए । विमानस्थलदेखि कार्यक्रमस्थल पोखरा ग्राण्डसम्मको सडक फराकिलो बनाउने, सांग्रिला भिलेज रिसोर्ट छिर्ने भित्री बाटोको मर्मत सहित स्वागत गेट र अन्य सजावटमा झण्डै २० लाख रुपैया खर्च भएको पोखरा उपमहानगरपालिकाले जनाएको छ ।

छोटो समय भएकाले हतार हतारमा पूर्वाधार निर्माण तथा अन्य तयारी गर्दा जोखिम मोलेर काम गर्नु परेको उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले बताए ।

‘यो बैंठककै लागि भनेर केन्द्रबाट छुट्टै बजेट प्राप्त भएन, पोखरा उपमहानगरपालिकाले आफ्नै स्रोत र साधनबाट सम्पूर्ण तयारी पूरा गरेको छ ,’ उनले भने ‘ हामीले जोखिमलाई समेत मोलेर तयारी गरेका छौ। ’

पोखरा उपमहानगरपालिकाले विभिन्न चार वटा स्थानमा स्वागतद्धार राखेको छ भने पत्रकार महासंघ कास्की, पोखरा उद्योग वाणिज्यसंघ, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा पर्यटन परिषद् लगायतका संस्थाले पनि छुट्टा छुट्टै स्वागतद्धारा राखेका छन् । एउटा स्वागतद्धार निर्माण गर्दा कम्तिमा पनि १५ हजार रुपैया खर्च भएको अधिकारीले बताए ।

Photo: Yunish Gurung

source :peacepokhara.com

Write a Comment