बर्थडेमा ६० करोड खर्च
16-March-2016

छोराछोरीको जन्मदिनको पार्टीमा बाबुआमाले कतिसम्म खर्च गर्न सक्लान् ? सायद औकात हेरिकन गर्लान् । तर यो दुनियामा यस्तासम्म पनि बाबु हुँदारहेछन् जसले आफ्नी छोरीको बिहेमा ६० करोड रुपैयाँभन्दा बढि खर्च गर्न पछि पर्दैनन् ।

समाचार हो, अमेरिकाको । अमेरिकाको टेक्सासमा एकजना बुवाले आफ्नी छोरीको १५ औँ बर्थडेमा भव्य पार्टी गरी ६० करोड रुपैयाँभन्दा बढि खर्च गरेका छन् ।

एक लिगल र्फमका मालिक समेत रहेका थोमस हेनरीले सान एन्टोनियोमा आफ्नी १५ वषर्ीया छोरी माया हेनरीको बर्थडे पार्टीलाई भव्य बनाउने क्रममा ६० लाख डलर खर्च गरे ।

टेक्सासमा १५ औँ बर्थडेमा हुने उत्सवलाई क्विनसिएनरा सेलिब्रेसन भनिन्छ । १५ वर्षमा टेकेपछि छोरीहरु पारिवारिक तथा सामाजिक जिम्मेवारी निभाउन लायक हुन्छन् भन्ने मान्यता छ । सोही विशेष बर्थडेमा थोमस र उनकी पत्नी एजटेकाले भव्य बर्थडे पार्टी आयोजना गरे ।

उक्त बर्थडे पार्टीमा र्यापर पिटबुल तथा निक जोन्सले प्रस्तुती दिए भने बर्थडे गर्ल मायाको सिँगारपटार गर्न चर्चित मेकअपम्यान आएका थिए जसले किम कार्दाशिनको समेत मेकअप गर्ने गर्छन् । अझ रोचक कुरा त के भने उक्त पार्टीको फोटो खिच्ने काम गरेका थिए मिचेल ओबामाका फोटोग्राफरले ।

आफ्नो बर्थडे पार्टीको रात निकै शानदार रात भएको र आफुले कहिल्यै भुल्न नसक्ने माया बताउँछिन् । माया आफैमा पनि एक सेलिब्रेटी भन्दा कम छैनिन् र उनका इन्स्टाग्राममा १८ हजार फलोअर्स छन् । उनले ठूला ठूला सेलिब्रेटीसँग खिचाएका फोटा पनि सार्वजनिक गर्ने गर्छिन् जसमा गायक जस्टिन बाइबर देखि हिलारी क्लिन्टन सम्म छन् ।

कुनै लरतरो मानिसले छोरीको बर्थडे पार्टीमा ६० लाख डलर खर्च गर्नसक्ने कुरा भएन । दुनियाकै ती भाग्यमानी किशोरीका बुवा थोमस ठूलै धनाढ्य हुन् । उनको लिगल र्फममा ६० भन्दा बढि वकिल काम गर्छन् । आफुले छोरीको बर्थडे पार्टीमा कुनै कसर बाँकी नराखेको उनी बताउँछन् । पार्टीमा ६ सय जना पाहुना आएका थिए ।

अनलाईन  डट कम बाट