विश्वकै लामो समुद्री सुरुङबाट कुद्यो बुलेट ट्रेन
27-March-2016

टोक्यो: जापानले आफ्नो उत्तरी द्वीप होकाइदोका लागि राजधानी टोक्योबाट बुलेट ट्रेन सञ्चालनमा ल्याएको छ । 

शनिवार राजधानी टोक्योबाट होकाइदो द्वीपको सिन-होकादेत-होकुतो शहरका लागि पहिलो पटक बुलेट ट्रेन छुटेको हो । 

जापानले यो प्रोजेक्टको थालनी सन् १९७३ मा जापानमा बुलेट ट्रेन कुद्न चल्न सुरु भएको ९ सालपछि भएको थियो । 

तर यो प्रोजेक्ट जापानमा चरम आर्थिक मन्दी भएपछि सन् १९८२ मा स्थगित हुन पगेको थियो । 

संसारको सबैभन्दा लामो समुद्री सुररुङ छिचोल्दै यहाँ बुलेट ट्रेन गुड्न थालेको हो । टोक्योबाट होकुतोसम्मको लम्बाई १४५ किलोमिटर रहेको छ। जसमा ५३ किलोमिटर लामो सेइकेन सुरुङ पनि सामेल रहेको छ । 

यो संसारको सबैभन्दा लामो समुद्री सुरुङ हो । होकाइदो द्वीप बुलेट ट्रेनबाट जोडिएपछि यस इलाकामा पर्यटकको संख्या बढ्ने आशा जापानले गरेको छ । 

यहाँ २६० किलोमिटर प्रतिघन्टाका दरले बुलेट ट्रेन कुद्नेछ । यो प्रोजेक्ट पुरा गर्न जापानले करिब साढे पाँच सय अर्ब नेपाली रुपैयाँ खर्च गरेको हो । 

Events
Random Picks