यी हुन् ३५ बच्चाका बाउ, १०० पूराउन चौथो बिहे गर्दै
29-March-2016

माबाबुका लागि सन्तानसुख भन्ने चिज कुनैपनि अन्य सुखसँग तुलना गर्न नसकिने अद्धितीय चिज हो ।

तर आखिर मान्छेको जिवन पूरै सन्तान प्राप्ति मात्र पनि त होइन । यदि कसैले आफ्नो जिवनलाई केवल सन्तान बढाउनमा मात्र समर्पित गर्दछ भने त्यसलाई कसैले नरपशु पनि भन्लान् ।

जे होस्, यो दुनियामा कोही पुरुष यस्ता पनि हुँदा रहेछन् जसको जिन्दगीमा एउटा मात्र लक्ष्य भएको सयजना बच्चा जन्माउनु हो ।

पाकिस्तानको क्वेटा सहरका जान मोहम्मदको जिवनको एउटा उद्धेश्य भनेको १ सय जना सन्तान उत्पत्ति गर्नु हो । अहिलेसम्म ३ जना श्रीमतीबाट उनका ३५ जना बच्चा जन्मिसकेका छन् ।

४३ वर्षका जानका सन्तान मध्ये २१ जना छोरी र १४ जना छोरा छन् । उनको ३९ जनाको परिवार त्यो क्षेत्रमा एउटा चर्चित परिवारको रुपमा छ । उनका सन्तानको उमेर बढिमा १६ वर्षदेखि घटीमा एक हप्तासम्म रहेको छ । उनका दुइ जना श्रीमतीले गएको हप्तामात्र थप एक एक वटा सन्तान जन्माएका छन् ।

जान पेशाले डाक्टर तथा व्यापारी पनि हुन् । परिवारको पालन पोषणका लागि महिनामा डेढ लाख रुपैयाँभन्दा बढि खर्च हुने गरेको छ । अल्लाहको कृपाका कारण आफुले परिवारको खर्च धान्न सकेको र कसैसँग हात पसार्नु नपरेको उनी बताउँछन् ।

आफ्ना सबै बच्चालाई राम्रो शिक्षा दिने उनको चाहना रहेको छ । ठूलो परिवार पनि सुखी परिवार बन्न सक्छ भन्ने कुरा देखाउने उनको चाहना छ ।

आफुले १ सय सन्तान जन्माउने योजना अनुरुप चौथो विवाहका लागि तयार रहेको जान मोहम्मद बताउँछन् ।

Write a Comment

Events
Random Picks