केटाहरुले यसकारण मन पराउँछन् आफूभन्दा जेठी महिला
31-March-2016

भनिन्छ प्रेममा जातपात, रुपरंग तथा उमेरले कुनै बन्देज लगाउँदैन । तरपनि प्रायः विवाहमा केटा भन्दा केटीको उमेर कम नै भएको पाइन्छ ।

मानिसहरु कोही केटाको लागि केटी खोज्दा केटाभन्दा कम उमेरकै केटी खोज्ने गर्दछन् । पति घरको मुख्य मान्छे हुने र पत्नीभन्दा बढि अनुभवीसँगै समझदार पनि हुनु आवश्यक हुने मान्यताका कारण यस्तो भएको हुनसक्छ ।

तर समयमा आएको बदलाव सँगै प्रेम तथा दाम्पत्य सम्बन्धको परिभाषामै बदलाव आएको छ । उमेरको यस्तो अन्तरले प्रेम तथा सम्मानको भाव दर्साउने गरेकेा छ ।

केटाहरु आफुभन्दा कान्छी होइन आफ्नो भन्दा बढि उमेरकी केटीहरु मन पराउन थालेका छन् । विश्वमा धेरै सेलिब्रेटी जोडीहरु यसका उदाहरण बनिसकेका छन् । सेलिब्रेटी मात्र होइन भुइँमान्छेहरुमा पनि यो ट्रेण्ड विस्तारै स्थापित हुँदैछ । खासगरी पुरुषहरुमा आएको सोँचाइको बदलाव यसको मुख्य कारक हो । यसका अन्य कारणहरुमा:

जिम्मेवारी जिवनसाथीको चाहना बढ्नु:  जिवनसाथीको मामिलामा अब पुरुषहरुको चाहना भनेको जिम्मेवार तथा काँधमा काँध मिलाएर अघि बढ्ने महिलाहरु हुन्छन् ।

उमेरले आफुभन्दा जेठी महिलाहरु अनुभवी तथा समझदार हुन्छन् भने आत्मविश्वासी भई हरेक कठीन परिस्थितिमा राम्रो निर्णय गर्न सक्दछन् । त्यसैले पुरुषहरुले यस्ता जिवनसाथीमाथि बढि भरोसा राख्न सक्दछन् ।

हस्तक्षेपबाट टाढा प्रायः  बढि उमेरका महिलाहरु स्वतन्त्र, आत्मनिर्भर तथा पेशा व्यवसायमा दख्खल भएका नै हुन्छन् । उनीहरु बिहेपछि पतिको जिवनशैलीमा कुनै दखल पूराउँदैनन् ।

यस्तो भयो भने पुरुषले आफ्नो परिवारप्रति निश्चिन्त भएर आफ्नो काममा मन लगाउन सक्दछ । बढि उमेरका केटीहरु प्रायः आफ्नो नाता समबन्ध, कर्तव्य तथा जागिरप्रति बढि इमान्दार हुन्छन् । र, आखिर यस्तो पाएपछि केटालाई के नै चाहियो र ?

नाता सम्बन्धलाई सम्हाल्ने:  नाता सम्बन्धको विषयमा बढि उमेरका केटीहरुको सोँचाई सफा हुन्छ । उनीहरुलाई इमोसनल तथा दिमागी सम्बन्धलाई कसरी सम्हाल्ने भन्ने ज्ञान हुन्छ ।

त्यसैले पुरुषहरु यस्तो खुबी भएका महिलालाई पहिलो रोजाइमा पार्दछन् । हरेक पुरुष आफ्नो प्रेमिका वा पत्नीमा आफ्नी आमालाई देख्न चाहन्छ जसले उसलाई निस्वार्थ प्रेम गर्दछ । एक परिपक्व महिलामा यी गुण हुन्छन् ।

आर्थिक रुपमा सक्षम: करिअर तथा पैसाको मामिलामा बढि उमेरका महिलाहरुको जिवन एक प्रकारले सेट भैसकेको हुन्छ । आवश्यक परेको बेलामा आफुलाई सहायता गर्न पनि सक्ने र आत्मनिर्भर तथा सक्षम यस्ता महिलाहरु पुरुषको पहिलो रोजाइमा पर्दछन् । पार्टनरको रुपमा कदम मा कदम मिलाएर अघि बढ्ने महिला कसलाई मन नपर्ला र ?

श्रोत : अनलाईन खबर 

Write a Comment

Events
Random Picks