जुकरबर्गलाई मात दिने युवक
26-April-2016

काठमाडौं – माक जुकरवर्गले सामाजिक सञ्जाल फेसबुकबाट अर्बौ डलर कमाइसकेका छन् । तर भारतको कोच्चिका एक सामान्य युवाले उनकै क्षेत्रमा उनलाई माथ खुाएका छन् । अमाल आँगस्टीन नामका एक विद्यार्थीले फेसबुकका संस्थापक जुकरवर्गलाई म्याक्सचानजुकेरवर्ग डट ओआरजी नामक डोमिन बेचेका हुन् । यो डोमिन फेसबुकका संस्थापक मार्क जुकरवर्गकी छोरी म्याक्सिमा चान जुकरवर्गको नाममा खोलिएको हो । जब मार्कले आफ्नी छोरीको नाम फेसबुकमार्फत घोषणा गरे । त्यसपछि नै अमालले चलाखीपूर्वक यो नाममा डोमिन दर्ता गरेका थिए ।
अमाल एक स्थानिय इन्जिनियरिंग कलेजमामा अन्तिम वर्षमा पढ्दैछन् । यस डिलपछि पैसा पाउनुभन्दा पनि फेसबुकले सम्पर्क गरेकोमा उनी धेरै खुसी छन् । अमालले इन्टरनेट डोमिन रजिस्टर गराउने आफ्नो शौखका कारण केही फाइदा पनि भएको बताएका छन् । फेसबुकले उनलाई ७ सय डलर अर्थात ४६ हजार भारु उपलब्ध गराउनेछ ।


अमालले भने, मैले केही डोमिन दर्ता गराएको छु । पछिल्ला केही वर्षदेखि मैले यो काम सुरु गरेको थिए । पछिल्लो वर्ष डिसेम्बरमा जुकरवर्गकी छोरी जन्मिएपछि मैले यो डोमिन रजिस्टर गरेको थिएँ ।
यो डिल डोमेन रजिस्टर र वेभ होस्टिंग कम्पनी गो ड्याडी मार्फत भएको थियो । यही कम्पनीले अमालबाट प्रतिलिपि अधिकार लिएर फेसबुकलाई बेच्यो । सूरुआतमा उनलाई गो ड्याडी कम्पनीबाट इमेल आएको थियो । उनले ७ सय डलरमा डोमेन बेच्ने सहमति दिए । पछि फेसबुकको लेटरहेडमा चिठ्ठी आएपछि मात्रै उनले पत्ता पाए कि यो डोमिन फेसबुकले किन्दैछ । तर एकपटक राजी भइसकेका कारण उनलाई सम्झौता लत्याउन मन लागेन र बिना बार्गेनिङ उनले ७ दिनभित्र डोमिन बेचे ।

Events
Random Picks