चिहानबाट आवाज आउँछ: म ज्यूँदै छु, बाहिर निकाल
8-May-2016

सुन्दा कुनै भुताहा फिल्मको काल्पनिक कथा जस्तो लाग्नसक्छ । तर यो सत्य घटना हो, भारतको ।

भारतको मेरठस्थित जलालपुर गाउँमा एक डरलाग्दो घटना भएको छ । त्यहाँ एकजना युवकको शव गाडेको चिहानभित्रबाट आवाज निस्कने गरेको छ । चिहानभित्रबाट म ज्यूँदै छु, मलाई निकाल भन्ने आवाज निरन्तर आउने गरेको छ र त्यहाँ मानिसहरु गुनगुनाएको आवाज पनि सुनिने गरेको छ ।

आफ्नो मृतक छोरालाई गाडेको चिहानबाट यस्तो आवाज आउन थालेपछि मृतकका बुवाले चिहान खोतलिदिनका लागि प्रहरीसामु अनुरोध गरेका छन् ।

चिहानबाट आवाज आउन थालेपछि गाउँलेहरु त्रसित छन् र कुनै प्रलय हुने डरमा छन् । दुइ महिना पहिले मृत्यु भएका इरफाम मोहम्मद नामका युवकलाई उक्त चिहानमा गाडिएको थियो ।

इरफानका भाइ दीनका अनुसार उनको दाइजलाई अन्त्यष्टि गरेको केही दिनसम्म त यसबारेमा केही थाहा थिएन । तर जब उनी एक दिन उक्त चिहानको नजिक हुँदै हिड्दै थिए, केही गुनगुनाएको आवाज सुने । जब उनी चिहानको नजिक पुगे उनको होसहवास उड्यो । चिहानभित्र  बाट गुहार मागिएको आवाज आइरहेको थियो र आफुलाई बाहिर निकाल्न भनिएको थियो ।

चिहानबाट यस्तो आवाज आउन थालेपछि मृतकका बुवा तथा परिवारको पीडामा पीडा तथा भय थपिएको छ । प्रहरीले चिहान खोतलोस् र छिटै उक्त आवाजको खास कारण पत्ता लगाइदेओस् भन्ने इच्छा मृतकका बुवाको रहेको छ ।

Write a Comment

Events
Random Picks