मिस र मिसेज युके नेपालको पहिलो अडिसनमा सहभागिता कम,भाग लिने म्याद थप ।
9-May-2016

लण्डन । इभेन्टस एण्ड आइडियाजले अायाेजना गरिने मिस युके नेपाल र मिसेज युके नेपालमा पहिलो अडिसनमा प्रतियोगीको सहभागिता कम भएको कारण म्याद मे २० तारिखसम्म थप गरिएको छ ।
दुवै प्याजेन्टका लागि आज पहिलो अडिसन राखिएकोमा पर्याप्त प्रतियोगीहरु नभएपछि भाग लिने समयसीमा थपिएको आयोजकले जानकारी दिएका छन् ।

 


आज फार्नब्रोस्थित गोरखा प्यालेसमा भएको अडिसनमा मिस युके नेपालतर्फ छ जना र मिसेज युके नेपालतर्फ दुई जनाले मात्र उपस्थिति जनाएका थिए ।
मिस युके नेपालमा  २१ वर्षीया अलिसा लिम्बु, १९ वर्षीया अलिसा गौचन, २० वर्षीया टेनिसा राना, २४ वर्षीया आरती गुरुङ, २२ वर्षीया प्रसंसा लिम्बु र १९ वर्षीया सुसन राईले आज अडिसन दिएका थिए । यस्तै मिसेज युके नेपालतर्फ अडिसन दिनेमा २९ वर्षीया कृष्टि थापा पुन र २५ वर्षीया पुनम गुरुङ थिए । 

मिस यूके नेपालको फिनाले आगामी २१ अगष्टमा इम्पायर ब्यांक्यूटिंग हल अल्डरसटमा हुने तय भएको छ ।
आज अडिसन दिन नभ्याउनेहरुले पछि आउँछु भनेकाले भाग लिने म्याद बढाइएको आयोजक शान्ति गुरुङले बताइन् ।
इभेन्टस एण्ड आइडियाजले गर्ने गरेको सो प्रतियोगिताका विजेतालाई ८०० पाउण्ड, रनर अपलाई ५०० पाउण्ड र सेकेण्ड रनर अपलाई ३०० पाउण्ड पुरस्कार दिइने बताइएको छ ।

गत वर्ष पनि पर्याप्त प्रतियाेगी नभएपछि साे प्याजेन्ट अायाेजना गरिएकाे थिएन ।

तस्बिरहरु: मिलन तमु

 

 

 

Write a Comment

Events
Random Picks