म्युजिक भिडियोमा देखिदै मिस युके नेपाल २०१४ निया देवन ।(भिडियो सहीत )
12-May-2016


वैशाख ३०,पोखरा । बेलायतबाट आयोजना गरिने सुन्दरी प्रतियोगिता मिस युके नेपाल २०१४ का बिजेता निया देवन एक म्युजिक भिडियोमा देखिएकी छिन् ।"म बस्ने त्यो मुटुमा..." भन्ने गीतमा उनीसँगै सुलभ कायस्थ र अस्मिता गुरुङले अभिनय गरेका छन् । उक्त गीतका गायक गंगा राज राई र संगीत पवल चम्लिङ राईका रहेका छन् भने उक्त गीत चन्द्रवती राईले लेखेका हुन्।
सानै देखी नाचगान तथा अभिनयमा रुची राख्ने निया सन् २०१४ मा बेलायतमा इभेन्टस एण्ड आइडियाजद्वारा आयोजित मिस युके नेपालमा भाग लिदै बिजेता बनेकी हुन् ।"मिस युके नेपालका बिजेता बनिसकेपछी भिडियोमा खेल्ने थुप्रै अवसर आएका थिए तर मेरो पढाई र सामाजिक कार्यहरुमा व्यस्त भएको कारण ईच्छा हुँदा हुँदैपनि समय दिन सकिनँ । "उनले भनिन् ।


उनले "Beauty with a purpose" जस्ता च्यारिटी इभेन्टसमा सहभागी भई माइती नेपालमा रहेका बालबालिकाका लागि सहयोग जुटाएकी छिन् ।त्यसै गरी लण्डनमा आयोजित गोर्खा कपमा पनि स्टल राखेर चटपटे बेच्दै जम्मा गरेको रकम नेपालका भुकम्प पीडितका राहत सामग्री किनेका थिए ।काठमाडौ स्थायी घर भएकी २२ बर्षिया निया हाल युके स्थित असफोर्ड केन्टमा बसोबस गर्दै आइरहेकी छिन्। दिनदुखीको सेवा गर्नु,नाच्नु, गाउनु, गीत सुन्नु, अभिनय गर्ने जस्ता रुची भएकी निया फुर्सदको समयमा रेडियोमा पनि बोल्नु हुन्छ ।  
नयन चम्लिङ राईद्वारा निर्देशन उनको पहिलो म्युजिक भिडियोमा उनको भूमिका सशक्त रहेको छ ।जसमा निर्देशन सँगै क्यामरा तथा सम्पादनको काम नयन आँफै गर्नु भएको छ । बेलायतको असफोर्ड,केन्ट वरीपरी शुटिङ गरिएको र लगभग ५ दिन लागेको कुरा निर्देशन पक्षले बताउनु भयो ।

Write a Comment

Events
Random Picks