तमु समाज युएईद्वारा आपदमा परेका चेलीको उद्दार कार्य जारी.....
6-June-2016

तमु समाज युएईद्वारा आपदमा परेका चेलीको उद्दार कार्य जारी.....

पोखरा उपमहानगरपालिका-१८, छिनडांडा कास्की निवासी तमु चेली गंगामाया तमुस्यो तथा खैरेनीटार- ९, तनहुँ निवासी तमु चेली स्मृति तमुस्यो बिगत ९ महिनादेखि युएई स्थित अबुधाबी शहरमा घरेलु कामदारको रुपमा कार्यरत हुनुहुन्थ्यो! तर वहाहरुलाई पछिल्लो समयमा घर मालिकले पारिश्रमिक नदिने, मानसिक र शारीरिक तनाब दिने, आफ्नो घर परिवार अनि साथिभाइमा सम्पर्क गर्न नदिने गरेको हुनाले काम गर्ने अवस्था नभएको हुदा नेपाली राजदुतावास अबु धाबीको शरणमा आउनुभएको थियो! बिगत १ महिनादेखि वहाहरु राजदुतावासस्थित आवास गृहमा सुरक्षित हुनुहुन्थ्यो र नेपाली राजदुतावास अबुधाबी मार्फत तमु समाज युएईको सम्पर्कमा आउनुभएको थियो!


तमु समाज युएईले आपदमा परेका चेलीको उद्दारको जिम्मा लिएर सम्पूर्ण कानुनि उपचारको खर्च र नेपाल फिर्ता जाँदा लाग्ने हवाईजहाज टिकटको व्यवस्था गरेको थियो फलस्वरूप आज मात्रै वहाहरु नेपाल पुग्नुभएको छ! वहाहरु दुवैजनाले भावपूर्ण धन्यबाद र हार्दिक आभारसहित नेपाल पुगेको जानकारी तमु समाज युएईलाइ पठाउनुभएको छ!साथै यो पुण्य कर्मको लागि वहाहरुले तमु समाज युएईलाइ सधै सधै सम्झिरहने र कृतज्ञ रहने कुरा जनाउनुभएको छ!हामी पनि वहाको सुश्वास्थ्य,दिर्घायु अनि उत्तरोउत्तर प्रगतिको कामना गर्दछौ!


पुनश्च: उद्दार कार्यमा नेपाली राजदुतावास अबुधाबीबाट तमु समाज युएईलाइ हर सहयोग र मार्गदर्शन प्रदान गर्नुहुने श्रम सहचारी हिरा कुमारी यादव र हाम्रै तमु चेली मीना तमुस्योलाइ हार्दिक आभार प्रकट गर्दछौ!

सबै तमुजन,नेपाली अनि नेपालको सधै जय जय होस्!


प्रार्थी
तमु समाज युएई तथा परिवार

Events
Random Picks