काबुलको आत्मघाती आक्रमणमा मृत्यु हुने सबै १४ जना नेपाली भएको पुष्टी
20-June-2016

काठमाडौं, असार ६

अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती विस्फोत हुँदा १४ जना नेपालीको ज्यान गएको छ । सोमबार बिहान काबुलमा भएको बिस्फोटमा परि ज्यान जाने सबै नेपाली रहेको अफगानिस्तानको गृहमन्त्रालयले पुष्टी गरेको हो । नेपाली सुरक्षागार्ड चढेको मिनी बसमा आत्मघाती आक्रमणकारीले बिस्फोट गराएका हुन् । घटनामा ९ जना घाइते भएका छन् । घाइते हुनेमा पाँच जना नेपाली र चार जना अफगानिस्तानका नागरिक रहेको त्यहाँको गृहमन्त्रालयले जनाएको छ ।

घाइतेलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । हिँडेर आएको आक्रमणकारीले बसमा विस्फोट गएको हो । नेपाली सुरक्षागार्ड बोकेको बसमा बिस्फोट भएको हो । बस बाबुलको पूर्वी शहर जलालाबाद जाँदै थियो । तालिबानका प्रवक्ताले आक्रमणमा आफूहरुको हात रहेको बताएका छन् ।

परराष्ट्र मन्त्रालयलले भने यसबारेमा बुझ्ने प्रयास भइरहेको जनाएको छ । अफगानिस्तानमा दूतावास नरहेकाले पाकिस्तानको इस्लामाबादमा रहेको दूतावास मार्फत घटनाका बारेमा बुझ्ने प्रयास भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले बताउनुभयो ।