बसमा अकस्मात आगो लाग्दा कम्तिमा २६ को मृत्यु
19-July-2016

 

साउन ४ ताइवानमा एक गुडिरहेको बसमा  आगलागी हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुले राजधानी तापेईबाट दक्षिणतिर पर्ने तायोयुयान प्रान्तको राजमार्गमा मंगलबार बिहान बसमा आगो लागेको बताएका छन्। केही मिडियाले बसमा चिनियाँ पर्यटक सवार भएको भने पनि अधिकारीहरुले त्यसको पुष्टि गरिसकेका छैनन्। 
 ताइवानी सञ्चारमाध्यमका अनुसार सडक छेउको ‘रेलिङ'मा बस ठोक्किएपछि अकस्मात आगो लागेको थियो।