हिलारी क्लिन्टनको प्रचार अभियान ‘ह्याक’
30-July-2016

साउन १५ – अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनको प्रचार अभियानसँग जोडिएका जानकारी ह्याक भएको छ । क्लिन्टनको चुनावी प्रचार अभियानका जानकारी ह्याक भएको डेमोक्र्याटिक कंग्रेसनल क्याम्पियन कमिटि डिसिसिसीले जनाएको छ । 

डिसिसिसीका जानकारी ह्याक भएको र यो डेमोक्र्याटिक पार्टीमाथिको अहिलेसम्मकै ठूलो साइबर आक्रमण रहेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । साइबर आक्रमणमा रुसी सरकारका लागि काम गर्ने एजेन्टको हात रहेको अमेरिकी अधिकारीले बताएका छन् । रुसले अमेरिकामा हुने राष्ट्रपति चुनावलाई प्रभावित गर्न खोजेको आशंका गरिएको छ । रुसले भने आरोप अस्वीकार गरेको छ ।

अमेरिकाको संघीय जाँच आयोग एफबिआईले यस विषयमा अनुसन्धान सुरु गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । केही दिन अघि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले क्लिन्टनको इमेल ह्याक गर्न रुससँग आग्रह गर्नुभएको थियो । 

Write a Comment

Events
Random Picks