२५ हजार फिटबाट हामफालेर कीर्तिमान : त्यो पनि बिना प्यारासुट
1-August-2016

 


साउन १६ – अमेरिकाका ल्युक एकिन्सले प्यारासुट बिनानै २५ हजार फिटमाथिबाट हामफालेर कीर्तिमान बनाएका छन् । एकिन्स दक्षिणी क्यालिर्फोनियाको सिमी वेलीमा प्यारासुट बिनानै २५ हजार फिटमाथिबाट हामफालेका हुन् । एकिन्सन एक सय ९३ किलोमिटर प्रतिघण्टाको दरमा जमिनको सहतहमा आइपुगेका हुन् ।४२ वर्षका एकिन्स दुई मिनेटमा जमिनमा आइपुगेका थिए । । एकिन्स अमेरिकाको प्यारासुट एसोसिएशनका सुरक्षा तथा प्रशिक्षण सल्लाहकार हुन् । सुरक्षाका कारण व्यवस्थापकले प्यारासुटका साथ हामफाल्न आग्रह गरेको भएपनि आफूले प्यारासुट बिनानै हामफालेको बताए । हामफाल्नु भन्दा एक मिनेट अघि मात्रै आफूले प्यारासुट बिनानै हामफाल्ने अनुमति पाएको उनले बताए । यसलाई समाचार च्यानल फक्स न्युले लाइभ देखाएको थियो