यस्तो देश जसका सर्बै मानिस धनी छन्, कुन देश होला त्यस्तो थाहा पाउन यो पढ्नुहोस्
1-June-2015

एजेन्सी – जब मानिसले मोनाकोको बारेमा सोच्छन् तब उनीहरुको मनमा संवृद्धि, तीव्र कार र क्यासिनोको झझल्को आउँछ । तर केहीले भने यो सानो सहर कसरी धनीहरुका लागि पवित्र तीर्थस्थलका रुपमा स्थापित भयो भनेर सोच्ने गर्छन् ।

monako

मोडिटरियन तटमा रहेको यो सानो मुलुकमा ३८ हजार मानिसको बसोबास छ । प्रत्येक ३ मा १ व्यक्ति मिलिनियर भएको वेल्थइनसाइटले जनाएको छ । यो देशको जीडीपी प्रतिव्यक्ति आय विश्वकै बढी छ ।

यो संवृद्दि हासिल गर्नुका पछाडि कर छुट प्रमुख कारणका रुपमा देखापरेको छ । १८६९ देखि नै यो मुलुकमा आम्दानी कर छुट गरिँदै आएको छ । कम्पनी र व्यक्तिहरुलाई लगाइँदै आएको अन्य करको दर पनि अत्यन्त न्यून छ । यही कारणले मोनाकोमा विश्वका विभिन्न १०० मुलुकका मानिसहरु यो सानो ठाउँमा सम्पत्ति राख्न आकर्षित हुने गरेका छन् ।

फर्मुला वानका चालक लेविस ह्यामिल्टन, टेनिस स्टार नोभाक जोकोभिच र खुद्रा बिक्रीको क्षेत्रबाट अर्बपति भएका स फिलिप ग्रिनकी श्रीमती लेडी टिना ग्रिन पनि मोनाकोको बासिन्दा बन्दै आएका छन् । कर लाभबाहेक धनी मानिसले जीवनशैलीका कारण पनि मन पराउँदै आएका छन् । वर्षभरि नै सुगन्धित रहने मौसम, राजनीतिक स्थायित्व र ग्रान्ड प्रिक्सलगायतका ठूला घटनाहरु हुने भएकाले पनि मोनाकोको आकर्षणमा वृद्दि भएको छ । मोनाकोमा फ्रान्सको सीमामै रहेको नाइस विमानस्थलबाट सहज पुग्न सकिन्छ । आजको कारोबार दैनिकमा खबर छ ।