पत्यानुहुनछ ? ३४ बर्षिय ब्यक्तिको पेटबाट निकालियो १४० सिक्का, १५० किला, कयौं सुई र ब्याट्रीहरु
1-June-2015

 

 

 

 

 

 

 

 

 

 

पञ्जावको भटिँडामा बस्ने ३४ वर्षीय राजपाल सिंहको पेट दुख्ने समस्या बढेपछि उनलाई अस्पताल भर्ना गरियो । अस्पतालमा उनको रोग पत्ता लगाउन इन्डोस्कोपी गर्दा उनको पेटमा कयौँ चिजहरु रहेका पत्ता लाग्यो ।

डाक्टहरुले कयौं चरणमा अप्रेशन गर्नुपर्ने ठानेपछि डा. आर गगन नेतृत्वको टोलीले उनको अप्रेशन सुरु गर्यो । जब अप्रेशन सुरु गरियो उनको पेटमा रहेका चिजहरु देखेर डाक्टरहरु अचम्म परे ।

दुई चरणमा गरिएको उनको अप्रेशनका क्रममा उनको पेटबाट १४० वटा सिक्का, १५० किला, कयौँ सुईहरु ब्याट्रीहरु समेत फेला पारेको भारतीय पत्रिका अमर उजाला  मा उल्लेख गरिएको छ । राजपाल लामो समयदेखि तनावमा रहेका थिए । उनले खाना तथा दुधसँगै सिक्का तथा किलाहरुसमेत खाने गर्थे । यो उनको आदत नै बनेको थियो ।