पाेखरा, २० कार्तिक:

भारतीय राष्ट्रपति प्रणव मुखर्जीकाे सुरक्षार्थ भारतीय कमाण्डाेहरु नेपालमा ब्रिफकेस गनसहित नेपाल अाएका थिए । पूर्णतयः ब्रिफकेसभित्र फिट गरिएकाे याे मसिनगन बाहिर समाउन राखिएकाे ह्याण्डलभित्रकाे माथिल्लाे भागमा रहेकाे स्विच थिचेर फायर गरिन्छ ।
भीअाइपीकाे सुरक्षार्थ सँगै रहने यी कमाण्डाेहरु टाइ सुटमा ठाँटिएर ब्रिफकेस बाेक्दा उनीहरु सहयाेगीजस्ताे मात्रै देखिन्छ । तर, उनीहरु सहयाेगी नभएर हाइटेक कमाण्डाे हुन् । राष्ट्रपति मुखर्जी पाेखरा अाउँदा यि तस्बिर लिइएकाे हाे ।
ब्रिफकेस मसिनगनकाे ताैल करिब साढे ४ पाउण्डकाे हुन्छ भने यसकाे लम्बाई १३ इञ्चदेखि बढी हुन्छ । ३० वटासम्म गाेली लाेड हुने म्यागेजिन भएकाे याे गनले प्रतिसेकेण्डकाे दरले फायरिङ् गर्ने क्षमता राख्छ ।





source:Samadhannews
photo : Sudarsan Ranjit